Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

एक दम्पतीले मन्दिरमा चढाए १२१ किलो सुनका गरगहना

एक दम्पतीले मन्दिरमा चढाए १२१ किलो सुनका गरगहना

images

  • 211
    Shares

    एक दम्पतीले मन्दिरमा चढाए १२१ किलो सुनका गरगहना
    images

    काठमाडौं ।  भारतको तिरुमलास्थित तिरुपति मन्दिरमा चेन्नईका एक भक्तले १२१ किलो सुनका गरगहना दान गरेका छन्। ती गरगहनाको मूल्य करिब २०८ करोड भारतीय रुपैयाँ रहेको छ।

    वर्धमान जैन र उनकी पत्नी राधिका जैनले बिहीबार आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुको उपस्थितिमा उक्त गरगहना मन्दिरलाई दान गरेका हुन्।

    दान गरिएका गरगहनामा नौ सेटमा राखिएका ४५ थान आभूषण र २३८.२ क्यारेटका हीरा समावेश छन्। दम्पतीले भगवान् वेंकटेश्वरका लागि मुकुट र खुट्टामा लगाउने आभूषणसमेत चढाएका छन्।

    तिरुमला तिरुपति देवस्थानमका अनुसार भगवान् वेंकटेश्वरलाई कुनै एक भक्तले दिएको यो अहिलेसम्मकै ठूलो दान हो।

    कम्पनीको ६० प्रतिशत हिस्सा बेचेर जुटाएको रकमबाट दान

    चेन्नईस्थित कम्पनी ‘वारा फ्युचर एलएलपी’का अध्यक्ष वर्धमान जैनले कम्पनीमा आफ्नो ६० प्रतिशत हिस्सेदारी बिक्री गरेर ६ हजार करोड भारतीय रुपैयाँ प्राप्त गरेका थिए। सोही रकममध्येबाट उनले भगवान् श्री वेंकटेश्वरलाई १२१ किलो सुनका गरगहना दान गरेका हुन्।

    यसअघि पनि वर्धमान जैन विभिन्न दानका कारण चर्चामा आउने गरेका थिए।

    एजेन्सी

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १३:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij