२०८३ मंसिर १२ गते शनिवार
स्पेनको क्यानरी टापुनजिकै आप्रवासीले भरिएको डुंगामा १५ जनाको शव फेला परेका छन्।
डुंगाको इन्जिन बिग्रिएपछि लगभग १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए। यस क्रममा डुंगामा खाना र पिउने पानी सकियो।
स्पेनी सञ्चारमाध्यमका अनुसार तिर्खा लागेपछि केही मानिसले समुद्रकै नुनिलो पानी पिए। जसले शरीरमा पानीको कमी भई उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।
यद्यपि मृत्युको वास्तविक कारण चिकित्सकीय रूपमा पुष्टि हुन बाँकी छ। डुंगाका ६ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ।
डुंगामा रहेका बाँकी मानिसलाई पनि उद्धार गरिएको छ।
उनीहरू पश्चिम अफ्रिकी देश गाम्बियाबाट समुद्री मार्ग हुँदै युरोप पुग्ने प्रयासमा थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij