Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

लस एन्जलस नजिक ५ म्याग्निच्युडको भूकम्प

लस एन्जलस नजिक ५ म्याग्निच्युडको भूकम्प

images

  • 344
    Shares

    लस एन्जलस नजिक ५ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं ।  अमेरिकाको लस एन्जलस नजिक समुद्री क्षेत्रमा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि कम्तीमा ४० वटा परकम्प महसुस गरिएको छ । भूकम्पका कारण घर, पसल र विमानस्थलमा सामान खसेका छन् भने मानिसहरू डराएर बाहिर निस्किएका थिए।

    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ९ : ३० बजे स्थानीय समयअनुसार म्यानहटन बिच सहरबाट करिब ३.७ माइल (६ किलोमिटर) दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्प करिब ७.६ माइल (१२.२ किलोमिटर) गहिराइमा गएको थियो।

    भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) मा छतका टायल खसेका थिए भने धुलो र सिसा झरेपछि यात्रुहरू केही समय टेबलमुनि बसेर जोगिएका थिए । किराना पसल तथा समुद्री किनारका पसलहरूमा सामान खसेपछि मानिसहरू बाहिर भागेका थिए । हर्मोसा बिचस्थित एक पसलमा वाइनका बोतलहरू खसेका थिए भने पार्किङ क्षेत्रमा कारका अलार्म बज्न थालेका थिए।

    भूकम्पपछि ४.५ म्याग्निच्युडको परकम्प बिहान ११ : ४१ बजे गएको थियो। त्यसपछि साँझ ८ बजेपछि हर्मोसा बिच नजिक ४.० म्याग्निच्युडको अर्को परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १२:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij