Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

अमेरिकामा भूकम्पपछि ४० परकम्प

अमेरिकामा भूकम्पपछि ४० परकम्प

images

  • 295
    Shares

    अमेरिकामा भूकम्पपछि ४० परकम्प
    images

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा भूकम्प गएको छ।  युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे का अनुसार क्यालिफोर्नियाको म्यानह्याटन बिच नजिकै समुद्रमा केन्द्रबिन्दु भएर शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको हो। 

    भूकम्पको धक्का लस एन्जलसलगायत वरपरका धेरै क्षेत्रमा महसुस गरिएको थियो। यूएसजीएसका अनुसार म्यानह्याटन बिचबाट ६ किलोमिटर टाढा समुद्रमा भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु जमिनभन्दा लगभग १२ किलोमिटर तल थियो।

    बीबीसीका अनुसार उक्त भूकम्पपछि ४० भन्दा बढी परकम्प गएका थिए। लस एन्जलस फायर डिपार्टमेन्टले शनिबार जारी गरेको सूचनामा भूकम्पबाट कसैलाई चोटपटक नलागेको र संरचनात्मक क्षति नभएको उल्लेख छ। 

     

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १३:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij