Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

प्रधानमन्त्रीको चीन भ्रमण तय भइसकेको छैन : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमण तय भइसकेको छैन : परराष्ट्रमन्त्री

images

  • 225
    Shares

    प्रधानमन्त्रीको चीन भ्रमण तय भइसकेको छैन : परराष्ट्रमन्त्री
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको मिति अझै तय नभएको बताएका छन्।

    आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुङ्गो लागिनसकेको स्पष्ट पारेका हुन्।

    भारत भ्रमणपछि उत्तरी छिमेकी चीनको भ्रमण गर्नु स्वाभाविक भए पनि अहिलेसम्म भ्रमणको मिति निश्चित नभएको उनको भनाइ छ।

    ‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्,’ मन्त्री खनालले भने, ‘तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन।’

    यद्यपि, उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उनले बताए।

    ‘अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्यूको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन,’ मन्त्री खनालले भने।

    प्रधानमन्त्री शाहको चीन भ्रमणको तयारी अघि बढिरहेको भए पनि भ्रमणको औपचारिक मिति भने तय हुन बाँकी रहेको परराष्ट्रमन्त्री खनालले स्पष्ट पारेका छन्।

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १२:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij