Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

प्रहरी इन्स्पेक्टर भन्दै थुनुवालाई छुटाउन २ लाख माग्ने ५ जना पक्राउ

प्रहरी इन्स्पेक्टर भन्दै थुनुवालाई छुटाउन २ लाख माग्ने ५ जना पक्राउ

images

  • 449
    Shares

    प्रहरी इन्स्पेक्टर भन्दै थुनुवालाई छुटाउन २ लाख माग्ने ५ जना पक्राउ
    images

    काठमाडौं ।  आफूलाई प्रहरी इन्स्पेक्टर बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन २ लाख रुपैयाँ माग गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा ३४ वर्षीय टेकराज श्रेष्ठ, २९ वर्षीय इन्द्र बहादुर भुजेल, ३३ वर्षीय धिरज रानाभाट, २५ वर्षीय खेल बहादुर मगर र ३० वर्षीय हर्क सिंह भोलन रहेका छन् । 

    प्रहरीका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभाग काँडाघारीमा बोलाइएको थियो। ती व्यक्तिका भाइ दाइलाई भेट्न जाँदा सोही क्षेत्रमा रहेका आरोपितहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा नचलाई दाइलाई छुटाइदिने प्रलोभनमा २ लाख रुपैयाँ माग गरेका थिए। 

    साथै, उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको खुलेको छ।  पीडितले उक्त रकम तिर्न अस्वीकार गरेपछि आरोपितहरूले फोन र म्यासेन्जरमार्फत विभिन्न धम्की दिँदै मानसिक तथा आर्थिक तनाव दिएको प्रहरीले जनाएको छ।  

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १२:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij