२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नुपरेको छ।
सुर्खेत विमानस्थलमा अवतरण गर्न नसकेपछि केहीबेर आकाशमा फन्को मारेको जहाज नेपालगञ्ज डाइभर्ट गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालगञ्जमा अवतरण गरेको उक्त जहाज पुनः सुर्खेतका लागि उडेको छ।
उक्त जहाजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतलगायत सवार रहेको बताइएको छ।
प्रतिकूल मौसमका कारण जहाजको उडान मार्ग परिवर्तन गर्नुपरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij