Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा


  • 260
    Shares

    • images
    दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

    काठमाडौं । तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । 

    यसअघि गत मङ्सिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो । कार्कीको रिटमा आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेश हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन । 

    कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

    यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो ।

     

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - ०९:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij