Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


  • 57
    Shares

    • images
    हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    काठमाडौं ।  रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज राति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

    कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १०:१९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij