Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा

देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा


  • 253
    Shares

    • images
    देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गरेका छन्।

    स्वर्गद्वारी आश्रम पुगेका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।

    दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्यूठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि देउखुरी पुगेका देउवाले सोही क्रममा स्वर्गद्वारी पुगेर पूजा गरेका हुन्। 

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १४:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij