Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै लेखे– ‘देश उँभो लाउने टोली’

बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै लेखे– ‘देश उँभो लाउने टोली’


  • 43
    Shares

    • images
    बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै लेखे– ‘देश उँभो लाउने टोली’

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजमा खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

    प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल तस्वीरमा सँगै उभिएका देखिन्छन् ।

    प्रधानमन्त्री शाहले केहीबेरअघि सार्वजनिक गरेको उक्त तस्वीर भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको हो । तस्वीरसँगै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

    प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा गएका थिए ।

    प्रधानमन्त्री शाहले सार्वजनिक गरेका यस्ता तस्वीरले उनको मन्त्रिपरिषद्का सदस्यहरूसँगको सामूहिक उपस्थितिलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएको छ ।

     

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १३:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij