Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

सस्तीयो सुनचाँदीको मूल्य, तोलाको कति ?

सस्तीयो सुनचाँदीको मूल्य, तोलाको कति ?


  • 400
    Shares

    • images
    सस्तीयो सुनचाँदीको मूल्य, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। पछिल्ला केही दिनदेखि लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज पनि घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेको थियो।

    यसअघि बिहीबार पनि सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ घटेको थियो। गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयताका सात कारोबार दिनमा ४१ हजार ७ सय रुपैयाँले घटिसकेको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँ घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ २२५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँमा झरेको थियो।

    गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। त्यसयता झण्डै १० महिनामा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ।

    त्यसैगरी, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो पनि हालसम्मकै उच्च मूल्य हो। पछिल्लो गिरावटसँगै सुनचाँदीको बजार मूल्यमा ठूलो अन्तर आएको छ।  

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - ११:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij