Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

राइजिङ स्टार्स एसिया कप

१००औँ ओडीआईमा नेपालले जित्यो टस, यूएईविरुद्ध पहिले बलिङ गर्ने

१००औँ ओडीआईमा नेपालले जित्यो टस, यूएईविरुद्ध पहिले बलिङ गर्ने


  • 127
    Shares

    • images
    १००औँ ओडीआईमा नेपालले जित्यो टस, यूएईविरुद्ध पहिले बलिङ गर्ने

    काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

    नेपालका लागि आजको खेल विशेष छ। यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट इतिहासको १००औँ खेल हो। अहिलेसम्म ९९ ओडीआई खेलेको नेपालले ४९ खेलमा जित, ४७ खेलमा हार, एक खेलमा बराबरी र दुई खेलमा नतिजाविहीन भएको छ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग निराशाजनक प्रदर्शन गर्दै २६ रनमै अलआउट भएको थियो। यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो।

    नेपाल र यूएईबीच अहिलेसम्म २० ओडीआई खेल भएका छन्। जसमा नेपालले १२ खेल जित्दा यूएईले ८ खेलमा सफलता हात पारेको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा बढी ओडीआई खेलेको छ।

    नेपालले आज यूएईलाई पराजित गर्न सके आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितका रूपमा यादगार बनाउन सक्नेछ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १२:०४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij