२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत शुक्रबार भइरहेको समूह ‘बी’ को चौथो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कतारको दोहामा डे–नाइट फर्म्याटमा सञ्चालन हुने खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुँदैछ । टस जितेपछि नेपाली टोलीले भारत ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij