२०८३ मंसिर ५ गते शनिवार
काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा भारतको १ सय रन पूरा भएको छ । खेलको २४ ओभर ५ बलमा भारतका तिलक वर्माले १ रन लिँदै टिमका लागि सय रन पूरा गरेका हुन् ।
हालसम्म भारतले ३ विकेट गुमाइसकेको छ । हाल क्रिजमा वर्मासँगै कुमार कुशाग्र रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij