२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि आज आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्दैछन्।
दिल्लीमा प्रधानमन्त्री शाहको बसाइ ताज होटलमा हुने तय भएको छ। उनी विमानस्थलबाट सिधै होटल पुग्ने कार्यक्रम रहेको बताइएको छ।
भारत भ्रमणको पहिलो दिन आजै साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्ता प्रधानमन्त्री शाह बसेकै ताज होटलमा हुने बताइएको छ।
प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij