Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

घरबाटै श्रीमान्-श्रीमती पक्राउ

घरबाटै श्रीमान्-श्रीमती पक्राउ


  • 316
    Shares

    • images
    घरबाटै श्रीमान्-श्रीमती पक्राउ

    काठमाडौं । मोरङको पथरीशनिश्चरेबाट लागुऔषध ब्राउनसुगर र क्याप्सुलसहित एक दम्पती पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–४ का २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङ रहेका छन्। कैलाशलाई स्थानीयले ‘फुरसाङ’ नामले चिन्ने गरेको प्रहरीले जनाएको छ।

    मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार लागुऔषध सेवन तथा बिक्रीवितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिश्चरे बजारबाट उनीहरूलाई पक्राउ गरेको हो।

    प्रहरीले कैलाशको घरमा खानतलासी गर्दा खाटमुनि झोलामा लुकाएर राखिएको ४ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर, १२ हजार ९२५ रुपैयाँ नगद र एनआईटीजेडएएससीईएनटी–१० लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद गरेको जनाएको छ।

     

     

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १४:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij