२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । नेपाल बराम समाजको आयोजनामा भाग्योदय चिठ्ठा खोल्ने कार्यक्रम सम्पन्न भएको छ। शनिबार मंसिर ५ गते एन्डिज क्याफे, सोह्रखुट्टे, काठमाडौँमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा समाजका सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
चिठ्ठा कार्यक्रममा बारपाक सुलिकोट ६, मैलुङ की आकृती बरामले प्रथम पुरस्कार होण्डा डियो स्कुटर, घोराही दाङ्गकी रिया थापाले द्वितीय पुरस्कार लेनोभा ल्यापटप, बारपाक सुलिकोट ६ आरुखर्ककी शेर बहादुर बरामले तृतीय पुरस्कार एलजिको फ्रिज प्राप्त गरे ।
सान्त्वना पुरस्कारहरु सोयस श्रेष्ठ, आईति माया बराम, सुवर्ण गुरुङ, सन्दिप बराम, उत्सब बराम, कुमारी बराम, जस बहादुर बराम, माया पुन मगर, रजनि बराम र दिक्षान्त केसिले प्राप्त गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij