Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

१३ वर्षीया किशोरीलाई बला*त्कार गरेको आरोपमा युवक पक्राउ

१३ वर्षीया किशोरीलाई बला*त्कार गरेको आरोपमा युवक पक्राउ


  • 246
    Shares

    • images
    १३ वर्षीया किशोरीलाई बला*त्कार गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं । मोरङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानी प्रसाद लम्साल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा उनले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ ।

    पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सूक्ष्म अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोप लागेका लम्सालको पहिचान गरी शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घटनापछि फरार रहेका लम्साललाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - ०९:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij