Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सहभागी हुन व्यवसायी टोली भारत प्रस्थान

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सहभागी हुन व्यवसायी टोली भारत प्रस्थान


  • 127
    Shares

    • images
    प्रधानमन्त्री शाहको भारत भ्रमणमा सहभागी हुन व्यवसायी टोली भारत प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो ।

     टोलीलाई महासङ्घका महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । प्रधानमन्त्री साहको आजदेखि शुरु हुने दुईदिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली भारत जान लागेको हो । 

    प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।  

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १०:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij