Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला


  • 169
    Shares

    एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
    images

    काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ को लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रेशन फारम भर्ने र भराउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । 

    शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीहरूले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ । प्रतिविद्यार्थी ३ सय रुपैयाँ राजस्व शुल्क तोकिएको छ ।

     त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षाका लागि परीक्षा आवेदन फारम भर्ने तथा भराउने सम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ ।


    यसअनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले २०८३ कात्तिक ०१ गतेदेखि मङ्सिर ०८ गतेभित्र तोकिएको परीक्षा दस्तुर (५०० रुपैयाँ) बुझाई आवेदन फारम भर्न सक्नेछन् ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १३:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij