Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

टेलिकमको सस्तो नेटमा ग्राहकको उच्च माग, पुस मसान्तसम्मलाई थपियो अफरको म्याद

टेलिकमको सस्तो नेटमा ग्राहकको उच्च माग, पुस मसान्तसम्मलाई थपियो अफरको म्याद


  • 85
    Shares

    • images
    टेलिकमको सस्तो नेटमा ग्राहकको उच्च माग, पुस मसान्तसम्मलाई थपियो अफरको म्याद

    काठमाडौं ।  काठमाडौं। नेपाल टेलिकमले ग्राहकको उच्च मागलाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा ‘मेस एपी’ अफरको अवधि थप गरेको छ । कम्पनीले दुवै अफरको म्याद २०८३ पुस ३० गतेसम्मका लागि विस्तार गर्ने निर्णय गरेको हो ।

    टेलिकमले २०८३ असोज ८ गतेदेखि मेस एपी र असोज ३० गतेदेखि ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज वितरण सुरु गरेको थियो ।

    पछिल्लो समय निकै चर्चा र लोकप्रियता पाइरहेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । घरका सबै स्थानमा सहज रूपमा वाइफाई पहुँच पुर्‍याउन प्रयोग गरिने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको पनि टेलिकमले जानकारी दिएको छ ।

    पछिल्लो समय निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो प्याकेज हटाएपछि सरकारी सेवा प्रदायक नेपाल टेलिकमप्रति उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ ।

    इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले सञ्चालन खर्च, इन्धन, अप्टिकल फाइबर तथा चिपसेटको मूल्य बढेको कारण देखाउँदै गत असोज १९ गतेदेखि ५० एमबीपीएसभन्दा कम गतिको एकदेखि तीन महिनासम्मको सस्तो प्याकेज बन्द गर्ने निर्णय गरेको थियो ।

    निजी कम्पनीहरूले न्यूनतम ५० एमबीपीएसका महँगा तथा लामो अवधिका प्याकेज मात्र बेच्न थालेपछि न्यून आय भएका र कम इन्टरनेट खपत गर्ने उपभोक्ताहरू टेलिकमको सहुलियतपूर्ण सेवातर्फ आकर्षित भएका हुन् ।

    दशैंको फूलपातीको अघिल्लो दिन (असोज ३०) मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत टेलिकमको वार्षिक करिब ५ हजार रुपैयाँमै पाइने ३० एमबीपीएस प्याकेजको पोस्ट गरेपछि ग्राहकको चासो झनै तीन गुणाले बढेको थियो ।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १३:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij