Logo

२०८३ मंसिर १ गते मंगलवार

२०८३ मंसिर १ गते मंगलवार

मौसम पूर्वानुमान

आज यी स्थानमा हुनेछ वर्षा र हिमपात

आज यी स्थानमा हुनेछ वर्षा र हिमपात


  • 477
    Shares

    • images
    आज यी स्थानमा हुनेछ वर्षा र हिमपात

    काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ । 

    तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ०८:३४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij