Logo

२०८३ मंसिर १ गते मंगलवार

२०८३ मंसिर १ गते मंगलवार

अमिताभ बच्चन र अभिषेक बच्चनलाई मार्ने धम्की

अमिताभ बच्चन र अभिषेक बच्चनलाई मार्ने धम्की


  • 288
    Shares

    • images
    अमिताभ बच्चन र अभिषेक बच्चनलाई मार्ने धम्की

    लरेन्स बिश्नोईका नजिकका सहयोगी गुन्डा गोल्डी ढिल्लनले बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई मार्ने धम्की दिएका छन्।

    गोल्डी ढिल्लनले सोमबार फेसबुकमा लेख्दै बुलेटप्रुफ सिसाले पनि उनीहरूलाई प्रहरीले बचाउन नसक्ने दाबी गरेका छन्। 

    ढिल्लनले लेखेका छन्, ‘उनीहरूले जतिसुकै बुलेटप्रुफ केबिन बनाए पनि वा जतिसुकै सुरक्षा व्यवस्था गरे पनि बाबु-छोरालाई त्यही केबिन भित्र मारिनेछ।’ 

    फेसबुकमा पोस्टमा अगाडि भनिएको छ, ‘१९८४ को सिखविरोधी दंगामा दोषी पाइएका जो कोहीलाई पनि माफी दिइने छैन र ऊ जोसुकै होस् वा जुनसुकै देशमा बसोस्, खोजेर पत्ता लगाइनेछ।’ 

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ०८:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij