२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्न दाबी गरेका छन्।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेको आन्तरिक सर्वेक्षणले पहिलो पार्टी बन्ने देखिएको दाबी गरे।
उनले भने, ‘आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान छ।’
उनले बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी समेत दिए।
उनले थपे, ‘सरकारलाई सच्याउने, सुधारेर ठीक बाटोमा हिँडाउने हाम्रो प्रयास हुन्छ। यदि सच्चिएन भने सरकारको विकल्पका रूपमा जनताले अरू खालका उपाय पनि अपनाउँछन्।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij