Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले


  • 57
    Shares

    • images
    भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

    काठमाडौं । सभामुख डीपी अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेहरूसँग भेटघाट गरेका छन्।

    सोमबार सर्लाही पुगेर उनले मृतकका आफन्त र दुर्घटनामा घाइते भएकाहरूसँग भेट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिएका हुन्।

    भेटका क्रममा सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

    उनले दुर्घटनाबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट उचित राहत तथा सहयोग उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

    गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १६:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij