२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ ।
कांग्रेस सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गरिने जानकारी दिएका हुन् । छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं.४ मा आयोजित कार्यक्रममा थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको बताएका छन् ।
दुवै अधिवेशन सकिएपछि कांग्रेस स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा जुट्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij