Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

कांग्रेस विधानमा वरिष्ठ उपसभापतिका चार काम तोकिए

कांग्रेस विधानमा वरिष्ठ उपसभापतिका चार काम तोकिए


  • 260
    Shares

    • images
    कांग्रेस विधानमा वरिष्ठ उपसभापतिका चार काम तोकिए

    काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको छ । पार्टीको १५औँ महाधिवेशनबाट थप गरिएको वरिष्ठ उपसभापति पदका लागि विधान संशोधन गर्दै चारवटा जिम्मेवारी तोकिएको हो ।

    यसअघि कांग्रेसको विधानमा वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारबारे स्पष्ट व्यवस्था थिएन । संशोधित विधानमा नयाँ धारा ‘२६क’ थप गरी उक्त पदको जिम्मेवारी निर्धारण गरिएको छ ।

    नयाँ व्यवस्थाअनुसार केन्द्रीय सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको रूपमा काम गर्ने, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा कार्य गर्ने र केन्द्रीय कार्यालयको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ उपसभापतिलाई दिइएको छ ।

    त्यस्तै, विधानमा तोकिएबमोजिम अन्य काम, कर्तव्य र अधिकारसमेत वरिष्ठ उपसभापतिले प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

    हाल नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिको जिम्मेवारीमा विश्वप्रकाश शर्मा रहेका छन् ।  

    906466311_996783013480534_3095814524270940023_n_zcYRrsNguE.webp

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - ११:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij