Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

नवनियुक्त राजदूत पाण्डे भोलि भारत जाँदै

नवनियुक्त राजदूत पाण्डे भोलि भारत जाँदै


  • 36
    Shares

    • images
    नवनियुक्त राजदूत पाण्डे भोलि भारत जाँदै

    काठमाडौं । सोमबार भारतका लागि राजदूतमा नियुक्त भएका डा. निश्चलनाथ पाण्डे भोलि नै नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारीका लागि उनी नयाँ दिल्ली जान लागेका हुन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूत पाण्डेको भारत जाने तयारी पुरा भएको छ । उनले भोलि नै गएर आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । प्रधानमन्त्री शाह मङ्सिर ६ गते तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । यद्यपि, सरकारले हालसम्म मिति घोषणा गरेको छैन ।

    पाण्डेले राजदूतमा सिफारिस भएपछि संसदीय समितिमा पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई  पहिलो प्राथमिकतामा राख्ने बताएका थिए । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा लगभग तय भइसकेको छ, त्यसलाई पूर्णता दिन दुवै देश लागेका छन् । त्यसैका लागि राजदूत पाण्डे मंगलबार भारत जान लागेका हुन् ।

    समितिमा राजदूत पाण्डेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भूमिका रहने बताएका थिए । नेपालको परराष्ट्र नीतिको आधारभूत स्तम्भका आधारमा दुई देशको भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता समेत उनले जनाएका थिए । 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १७:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij