Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

चैत पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारी

चैत पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारी


  • 57
    Shares

    • images
    चैत पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारी

    काठमाडौं । निर्वाचन आयोगले  चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ । 

    संविधान र कानुनमा व्यवस्था भए बमोजिम नै निर्वाचन मिति घोषणा गर्नका लागि आवश्यक छलफल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार निर्वाचनको वातावरण बनाउनका लागि मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि आयोगमा बोलाइएको छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ मा सदस्यको निर्वाचन गाउँ सभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुने व्यवस्था छ । आयोगको सिफारिसमा सरकारले निर्वाचन मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।  

     

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १५:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij