Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

सानिमा जीआईसीको बीमाशुल्क आर्जन २८.८८ प्रतिशतले बढ्यो

सानिमा जीआईसीको बीमाशुल्क आर्जन २८.८८ प्रतिशतले बढ्यो


  • 253
    Shares

    • images
    सानिमा जीआईसीको बीमाशुल्क आर्जन २८.८८ प्रतिशतले बढ्यो

    काठमाडौं ।  सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २९ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड २ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

    समीक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ८१ करोड ४५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ६८ लाख रुपैयाँ रहेको छ । यसैगरी, रिटेन्ड अर्निङ १९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

    कम्पनीको बीमा कोषमा ८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बीमा कोषमा ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको बीमा कोष १०२.२४ प्रतिशतले वृद्धि भएको छ ।

    यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको कुल बीमाशुल्क २८.८८ प्रतिशतले बढेको हो ।

    त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा १३ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ११ करोड १९ लाख रुपैयाँ संकलन गरेको थियो । यो १७.२१ प्रतिशतको वृद्धि हो ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ४० रुपैयाँ ४ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३४ रुपैयाँ ८२ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १४:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij