२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफा २३.९० प्रतिशतले घटेको हो।
कम्पनीले साउनदेखि असोजसम्म १० करोड ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटे पनि कम्पनीको बीमाशुल्क आर्जन र जीवन बीमा कोषको आकार भने बढेको छ। समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन १५.३३ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब २३ करोड २८ लाख रुपैयाँ थियो।
त्यस्तै, खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आर्जन २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ थियो।
कम्पनीको जीवन बीमा कोष ३५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कोषमा २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा कायम भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij