Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै


  • 232
    Shares

    • images
    बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै

    काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी छन्।

    यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्। यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। अभियानअन्तर्गत हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ।

    अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन्। यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ। साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्नेछ।

    पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित व्यक्तित्वहरूसँगको भेटघाटलाई समेटेको यस अभियानले राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र विभिन्न अवसरको लाभ लिने मञ्च प्रदान गरेको छ। मंसिर ४ गते अभियान समाप्त हुने भएकाले इच्छुक ग्राहकले समयसीमाभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी यस अभियानमा सहभागी हुन सक्नेछन्।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १३:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij