Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क आर्जन २३ प्रतिशत बढ्यो

सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क आर्जन २३ प्रतिशत बढ्यो


  • 232
    Shares

    • images
    सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क आर्जन २३ प्रतिशत बढ्यो

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ०.४० प्रतिशतले वृद्धि भएको छ।

    कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ।

    त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष २८.५३ प्रतिशतले वृद्धि भएको हो।

    बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले उल्लेख्य प्रगति गरेको छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन २३.२७ प्रतिशतले बढेको हो।

    यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन २३.१२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११.९३ रुपैयाँ रहेको थियो। कम्पनीको पीई रेसियो ३१.६३ गुणा र प्रतिशेयर नेटवर्थ ११८.२१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

     

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १३:०७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij