२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफा २८.७४ प्रतिशतले घटेको हो।
कम्पनीले साउनदेखि असोजसम्म १५ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटे पनि कम्पनीको बीमाशुल्क आर्जन र जीवन बीमा कोषको आकारमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १३ अर्ब ५० करोड रुपैयाँ थियो।
त्यस्तै, खुद बीमाशुल्क आर्जन १० प्रतिशतले बढेर १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमा कोषको आकार बढेर २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कोष २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ थियो।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४८ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा कायम भएको छ। कम्पनीको पीई रेसियो ११४.६५ गुणा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij