Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

आइएमई लाइफको नाफा खुम्चियो, जीवन बीमा कोष २० अर्ब नजिक

आइएमई लाइफको नाफा खुम्चियो, जीवन बीमा कोष २० अर्ब नजिक


  • 267
    Shares

    • images
    आइएमई लाइफको नाफा खुम्चियो, जीवन बीमा कोष २० अर्ब नजिक

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ भने बीमाशुल्क आर्जन र जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि भएको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा १०.७८ प्रतिशतले घटेको हो।

    कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ।

    त्यस्तै, कम्पनीको जीवन बीमा कोष १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार जीवन बीमा कोषको आकार ४०.८३ प्रतिशतले वृद्धि भएको छ।

    बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले उल्लेख्य प्रगति गरेको छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ रहेको थियो। यससँगै कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले बढेको छ।

    त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन ४२.४५ प्रतिशतले वृद्धि भई २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    यता, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ। गत वर्ष १२.६७ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षको असोजसम्म घटेर ११.३० रुपैयाँ कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३८.८८ गुणा र प्रतिशेयर नेटवर्थ १३९.१८ रुपैयाँ रहेको छ।

    समग्रमा कम्पनीको नाफा र ईपीएसमा गिरावट देखिए पनि बीमाशुल्क आर्जन तथा जीवन बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १५:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij