Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

रास्वपाको टोलीले चीनमा सीपीसीका नेतासँग उच्चस्तरीय छलफल गर्ने

रास्वपाको टोलीले चीनमा सीपीसीका नेतासँग उच्चस्तरीय छलफल गर्ने


  • 379
    Shares

    • images
    रास्वपाको टोलीले चीनमा सीपीसीका नेतासँग उच्चस्तरीय छलफल  गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली आइतबार बिहान चीन गएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए ।

    भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान हुने महामन्त्री आचार्यले बताएका छन् ।

    आचार्यका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले भ्रमणका विषयमा समान धारणा र सुझाव दिएका छन् । उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता नहुने स्पष्ट पार्दै सीपीसीका दोस्रो तहका नेताहरूसँग छलफल हुने जानकारी दिए ।

    टोलीले चीनमा रहँदा सिचुवान प्रान्तको चेङ्दु, विभिन्न औद्योगिक पार्क तथा विश्वविद्यालयहरूको भ्रमण गर्नेछ । त्यस्तै, सन् २००८ को विनाशकारी भूकम्पपछि वेनचुआन क्षेत्रमा भएको पुनर्निर्माणको अवस्थाबारे पनि अवलोकन गर्ने कार्यक्रम छ ।

    प्रतिनिधिमण्डलले विपद् व्यवस्थापन, प्रविधि, कनेक्टिभिटी, क्रस बोर्डर सहकार्य र थिङ्क ट्याङ्क विकासलगायत विषयमा छलफल गर्नेछ । मंसिर ७ गते बेइजिङमा सीपीसीका उच्च तहका नेताहरूसँग भेटघाट तथा विज्ञहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

    चीन भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल मंसिर १० गते स्वदेश फर्किनेछ । 

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ११:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij