Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण


  • 50
    Shares

    • images
    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

    काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना नवनियुक्त राजदूतलाई शपथ गराएका हुन्।

    शपथ ग्रहण गर्नेमा भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्ण रहेका छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले तीनै जनालाई राजदूत नियुक्त गरेका थिए।

    यसअघि सरकारले विभिन्न देशका लागि १३ जना राजदूतको नाम सिफारिस गरेको थियो। तर, संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो।

    समितिबाट नाम अनुमोदन भएपछि सरकारले सम्बन्धित देशमा राजदूत नियुक्तिका लागि अग्रिमो (स्वीकृति) माग गर्दै नाम पठाएको थियो। अग्रिमो प्राप्त भएका तीन जना राजदूतले मात्रै सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १२:२९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij