Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन

चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन


  • 323
    Shares

    • images
    चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् । 

    नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रवार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताएका छन्।

    उनकाअनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन्। चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्वपूर्ण लाभ लिनसक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेका छन् चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताएका छन्। 

    बुर्लाकोटीकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन् । भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सिमित नगरी दुई देशको पारस्परिक हित तथा विशेषगरी नेपालको विकास र समृद्धिमा योगदान पु¥याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 

    रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ । भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ । 

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १३:३९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij