Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

आगोले जलेकी युवतीको उपचारका क्रममा मृत्यु

आगोले जलेकी युवतीको उपचारका क्रममा मृत्यु


  • 309
    Shares

    • images
    आगोले जलेकी युवतीको उपचारका क्रममा मृत्यु

    काठमाडौं । मोरङको रतुवामाई नगरपालिका-९ स्थित भौडा टोलमा ग्यास लिक भएर लागेको आगोमा परी घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

    ​प्रहरीका अनुसार, आगोले जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो। ​गत कात्तिक २४ गते तिहारका दिन अपराह्न करिब ४ः३० बजे लोकनाथ भट्टराईको दुईतले पक्की घरको भुइँतलास्थित भान्छा कोठामा ग्यास लिक भई आगलागी भएको थियो। 

    आगलागीमा परी घरमा रहेकी लोकनाथकी छोरी सुरक्षा भान्छा कोठाबाट बाहिर निस्कने क्रममा आगोको चपेटामा परेकी थिइन्। ​जलेर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। 

    उनको अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ।

    आगलागीबाट भान्छा कोठामा रहेका फ्रिज, दराज, टेलिभिजन, फर्निचर, भाँडावर्तन, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएका थिए। 

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १५:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij