२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री सांसद भीम पराजुलीले छठ पर्वको अवसरमा २९औँ पटक दण्ड प्रणाम यात्रा गरेका छन् ।
आइतबार बिहान १० बजेबाट विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरदेखि दण्ड प्रणाम यात्रा प्रारम्भ गरेका हुन् ।
उनी मन्दिरबाट दण्ड प्रणाम गर्दै सिंघिया खोलास्थित छठघाटसम्म पुग्नेछन् । छठ पर्वका अवसरमा घरदेखि घाट सम्म शरीरले नापिएर हिँड्नु दण्ड प्रणाम हो ।
उनी २९ वर्षदेखि निरन्तर दण्ड प्रणाम गर्दै सिंघिया घाट पुग्दै आएका छन् । यो वर्ष पनि यसलाई निरन्तरता दिएको पराजुलीले बताए ।
दण्ड प्रणामको २९औँ वर्षको यात्रामा आइपुग्दा आफूले हरेक वर्ष व्रत समापन गर्ने सोच बनाए पनि छठ नजिकिएपछि रोक्न नसकेको बताए ।
उनले भने, ‘पोहोर साल नै समापन गरेको हुँ, यो वर्ष गर्छु भनेको थिइनँ । तर छठ आइसकेपछि शरीर अत्यन्त कम्पन जस्तो भएर एक किसिमको यस्तो ऊर्जा शरीरमा आउँछ कि म रोक्नै सक्दिनँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij