Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता दिने प्रक्रिया सहज

विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता दिने प्रक्रिया सहज


  • 176
    Shares

    • images
    विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता दिने प्रक्रिया सहज

    काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता प्राप्त गर्ने प्रक्रिया सहज बनेको छ ।

    सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को पाँचौँ संशोधन गर्दै नागरिकता लिन आवश्यक स्वघोषणाको ढाँचा सार्वजनिक गरेको हो ।

    संशोधित नियमावलीअनुसार सम्बन्धित व्यक्ति र उनकी आमाले आफूले पूरा गर्नुपर्ने सर्तसहित छुट्टाछुट्टै स्वघोषणा गर्नुपर्नेछ । त्यसमा नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यहोरा खुलाउनुपर्नेछ ।

    यसअघि नागरिकता ऐनमा व्यवस्था भए पनि स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट थिएन । नयाँ संशोधनले उक्त प्रक्रिया स्पष्ट बनाएको छ ।

    c11.jpg

    c22.png

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १५:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij