Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ


  • 372
    Shares

    • images
    त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ ।

    लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको लगेजबाट उक्त हेरोइन बरामद गरिएको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे रहेका छन् ।

    शनिबार बिहान शङ्कास्पद लागेर प्रहरीले चेकजाँच गर्दा उनको लगेजमा रहेको खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको थियो । बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

    अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओस हुँदै काठमाडौं आएर भारत गएको खुलेको छ । उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियासमेत भ्रमण गरेको यात्रा विवरणबाट देखिएको प्रहरीले जनाएको छ ।

    लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये उनी एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका एसएसपी सुवास बोहराले बताएका छन् । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ ।

    आरोपीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कानुनी व्यवस्थाअनुसार सेतो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । 

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १२:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij