Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

खरायो र बिरालोको खानाको प्याकेटमा सेतो हेरोइन ल्याउने पक्राउ

खरायो र बिरालोको खानाको प्याकेटमा सेतो हेरोइन ल्याउने पक्राउ


  • 85
    Shares

    • images
    खरायो र बिरालोको खानाको प्याकेटमा  सेतो हेरोइन ल्याउने पक्राउ

    काठमाडौं । ५.५ किलोग्राम लागुऔषध सेतो हेरोइनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार (कात्तिक २८) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको पुनेका ५२ वर्षीय रेवराज तिघारे छन् । उनी थाइल्यान्डबाट नेपाल आएका थिए । शंका लागी प्रहरीले उनीमाथि चेकचाँच गरेको थियो ।

    त्यसक्रममा उनले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइराखेको उक्त परिमाणको सेतो हेरोइनसहित पक्राउ गरिएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

    “शंका लागी चेकजाँच गर्दा निजले साथमा ल्याएको लगेज (झोला)भित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइराखेको लागुऔषध सेतो हेरोइनसहित पक्राउ गरी यस ब्युरोबाट थप अनुसन्धान भइरहेको,” ब्युरोले भनेको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १३:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij