Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे


  • 281
    Shares

    • images
    कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

    काठमाडौं । कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ ।

    विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । तथ्यांकअनुसार व्यवसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यवसायिक प्यान थपिएका छन् ।

    त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । असोजमा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् । भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन) को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ । गत असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो। असोजमा ३९८ वटा थपिएका छन् ।

    यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार २६८ थियो । असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन् । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ । असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन् । 

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १२:१७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij