Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन मुद्राको विनिमयदर कति ?

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन मुद्राको विनिमयदर कति ?


  • 575
    Shares

    • images
    आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन मुद्राको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। 

    यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो भने बिहीबार खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।

    उता युरोपियन युरोलगायत अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार तेस्रो दिन घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ।

    यसअघि शुक्रबार युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा थियो भने बिहीबार खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।

    यसैगरी आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ। यसअघि शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो भने बिहीबार खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो। 

    यस्तै आज स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ। यसअघि शुक्रबार स्विस फ्रांक १ को खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ थियो भने बिहीबार खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा छ थियो। 

    d-28_MBy9mU0CoM.png

    प्रकाशित मिति :कार्तिक २८ २०८३ शनिवार - ०६:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij