२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।
आज युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा छ। हिजो बिहीबार युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।
यस्तै यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा लगातार दोस्रो दिन घटेको छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा तोकिएको छ। हिजो बिहीबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij