Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

घट्यो अमेरिकी डलरको मूल्य, आजको विनिमयदर कति ?

घट्यो अमेरिकी डलरको मूल्य, आजको विनिमयदर कति ?


  • 309
    Shares

    घट्यो अमेरिकी डलरको मूल्य, आजको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।

    यसैगरी युरोपियन युरोको मूल्य पनि बुधबारभन्दा आज घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६७ रुपैया ३० पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा थियो।    

    यस्तै आज यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तोकिएको छ। बुधबार यसको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा थियो। 

    विदेशी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्

    dd_XcmX6aDljG.png

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - ०६:३९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij