Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’


  • 281
    Shares

    • images
    प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठाएको छ । 

    शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने विषय मोबाइल सन्देशमार्फत पठाएको प्रसंग उल्लेख गरेका हुन् । उनले विगतमा कुनै प्रधानमन्त्रीका सल्लाहकारले यस्तो गतिविधि गरेको भए उनी पदमा रहन सक्थे कि राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो भन्दै प्रश्न गरेका छन्। 

    अहिलेको सरकार सञ्चालनमा नैतिकता भन्ने कुरा छ कि छैन भन्ने उनको प्रश्न छ । पौडेलले आईजीपी प्रकरणमा सरकारले लिएको निर्णय र त्यससँग जोडिएका घटनाक्रमबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। सरकारमा रहेकै कारण प्रधानमन्त्री र उहाँका सल्लाहकारमाथि उठेका प्रश्नको जवाफदेहिताबाट उम्किन नमिल्ने उनको भनाइ छ । 

    उनले सरकारले कसैलाई पनि कानूनी प्रक्रियाबिना पक्राउ गर्ने, थुनामा राख्ने वा छानबिन गर्ने छुट नपाउने बताएका छन् । काँग्रेस सभापति तथा पार्टीका अन्य नेतामाथि समेत कानूनसम्मत ढंगले छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उनले त्यसका लागि कानूनी विधि र न्यायिक मर्यादा पालना हुनुपर्नेमा जोड दिएका छन् । 

    सरकारले दुई तिहाइको जनमत प्राप्त गर्दैमा आफूले गरेका सबै निर्णय स्वीकार गर्नुपर्ने र कसैले प्रश्न उठाउन नपाउने मानसिकता राख्न नहुने पौडेलको टिप्पणी छ । सरकारलाई प्रश्न गर्ने नागरिकको अधिकार कुण्ठित गर्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने उनले चेतावनी दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ११:३२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij