Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव


  • 316
    Shares

    • images
    आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

    काठमाडौं । देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।

    नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। तर आइतबारदेखि पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउनेछ।

    आइतबार सुदूरपश्चिम र कर्णालीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने तथा बागमती र कोशीका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्ने भए पनि ठूलो मौसमी प्रणालीको सम्भावना नरहेको मौसमविद् पोखरेलले बताएकी छन्। अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ।

    सम्भावित वर्षा र असिनाबाट खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुग्न सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १२:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij